बिएल संवाददाता
बेलायती महारानी एलिजाबेथ द्धितियले आफ्नाे देश युराेपेली युनियन (ईयु) बाट बाहिरिने प्रस्तावलाई स्वीकृति प्रदान गरेकी छिन्। राजपरिवारकाे सम्मानमा सरकारले पठाएकाे प्रस्तावलाई महारानीले स्विकृति प्रदान गरेकी हुन्।
महारानीकाे स्वकृतिपछि जनवरी ३१ सम्म बेलायत ब्रेक्जिटकाे प्रक्रिया पुरा गरेर आफ्नाे छिमेकीसँगकाे दशक पुरानाे आर्थिक र व्यापारिक गठबन्धनबाट बाहिरिने छ। ब्रेक्जिटबाट बाहिरिने विषयमा विगत ४ वर्षदेखि विवाद यथावत थियाे। यसैकाे कारण पूर्व सरकारले राजीनामा समेत दिनु परेकाे थियाे। ब्रसेल्समा ईयुकाे दुई प्रमुख अधिकारीले शुक्रबारसम्म समक्षाैंतामा हस्ताक्षर हुन सक्ने बताएका छन्।
महारानी एलिजाबेथबाट ब्रेक्जिटकाे निर्णयलाई मन्जुरी दिएपछि प्रधानमन्त्री बाेरिस जाेनसनले भने,‘कुनै समय थियाे ब्रेक्जिटकाे प्रक्रिया कहिल्यै टुंगिदैन जस्ताे लाग्थ्याे। तर हामीले यसलाई पूर्णता दिन सफल भएका छाैं। अब हामीले ओजपूर्ण र उपलब्धीमूलक भविष्यकाे लागि अगाडी बढ्नु छ।’
प्रधानमन्त्री कार्यालयले बयान जारी गर्दै भनेकाे छ–एक साता मात्र छ, ईयुबाट बाहिरिने समय। अब हामीले स्वतन्त्ररुपले आफ्नाे भविष्यकाे रुपरेखा काेर्नु पर्नेछ। अमेरिकालगायत अन्य देशसँग छुट्टाछुट्टै वार्ता गरि अझ राम्राे सम्बन्ध स्थापित गर्नुछ।
दाेस्राे विश्वयुद्धपछि बेलायतका लागि ईयुबाट छुट्टिने निर्णय गर्न सबैभन्दा बढी कठिन भएकाे थियाे। यसैका कारण प्रधानमन्त्री डेभिड क्यामरुन र टेरिजा मेले पदबाट राजीनामा गरेका थिए। मेकाे राजीनामा पछि सत्तासिन भएका जाेनसनले ब्रेक्जिट पास गराउन सफल भएका हुन्। उनले गत बुधबार तल्लाे र माथिल्लाे दुबै सदनबाट ब्रेक्जिट पास गराएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया