दीपक मनाङ्गे पक्राउ

गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि अभद्र व्यवहार गरेको आरोपमा मनाङ्गे पक्राउ परेका हुन्। 

उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले जानकारी दिए। 

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई झपड हानेका थिए। 

खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै बुधबार मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गदै जाहेरी परेको थियो। 

उनलाई जिल्ला प्रहरी कार्यालय कास्की लगिदैंछ।
 

प्रकाशित मिति: : 2020-01-24 04:52:41

प्रतिकृया दिनुहोस्