जर्मनीको बोनमा रहेको नेपाली दूतावासको भवन र जग्गा सरकारले बेच्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले जर्मनीको बोनमा रहेको नेपाली दूतावासको जग्गा र भवन बेच्ने भएको छ। मन्त्रिपरिषद् बैठकले १८ वर्षदेखि प्रयोगविहीन रहेको पुरानो दूतावासको भवन र जग्गा बेच्ने निर्णय गरेको हो।

बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बेच्ने निर्णय गरिएको जानकारी दिए। 

‘नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिइएको छ,’ बास्कोटाले भने, ‘स्वतन्त्र निकायबाट त्यसको मूल्यांकन गराउने र बेच्ने प्रक्रिया शुरू गर्ने निर्णय भएको छ।’
 

प्रकाशित मिति: : 2020-01-24 04:44:37

प्रतिकृया दिनुहोस्