पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्छ : नेता पौडेल

'बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस' उनले भने।

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएका छन्।

पोखरामा बिहिबार भएको एक कार्यक्रममा बोल्दै उनले बागलुङमा धेरै पयटकीय गन्तव्य भएता पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेको बताए।

'पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक छ' उनले भने। पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक रहेको उनको भनाइ छ।

'बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस' उनले भने।

बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुराँ व्यवसायी सङ्घको पहलमा बागलुङ र पोखराबीच पर्यटनमा सहकार्य गर्न  पहिलोपटक संस्थागतरुपमै पहल थालिएको उनले जानकारी दिए।

ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्ने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए। 

पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्ने पोखराका पर्यटन व्यवसायी वासु त्रिपाटीको भनाई छ।

प्रकाशित मिति: : 2020-01-24 04:42:06

प्रतिकृया दिनुहोस्