आजको मौसमः पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार मुलुकका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु /कुहिरोको सम्भावना रहेको जनाएको छ।

हाल देशका तराई भू-भागहरुमा हुस्सु/ कुहिरो लागेको र बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।


आगामी तीन दिनको मौसम पूर्वानुमान


माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।

रातिः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।


 

प्रकाशित मिति: : 2020-01-23 20:21:07

प्रतिकृया दिनुहोस्