करेन्ट लागेर महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा बुधबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। मृतक विष्टको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ। 

प्रकाशित मिति: : 2020-01-23 11:39:21

प्रतिकृया दिनुहोस्