मीरा राई विश्वकाे साहसी महिलाकाे सूचिमा

नेपालकी ट्रेल धाविका मीरा राई साहसी महिलाको १३ जनाको सूचिमा पर्न सफल भएकी छिन्। बेलायती लेखिका लिली ड्युको प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा मीरा पनि सम्मिलित भएकी हुन्। 

१३ साहसी महिलालाई छनोट गरिएको किताबमा पूर्व माओवादी लडाकुसमेत रहेकी मीरालाई पनि छनोट गरिएको हो। नेपालको पूर्वी पहाड भोजपुरको विकट दुम्माना गाउँमा गरीब परिवारमा जन्मिएकी मीरा विश्व ट्रेल च्याम्पियनसिपको विजेता हुन्। 

उनले नै नेपाली चेली पनि ट्रेल रेसमा पोख्त छन भनेर प्रमाणित गरेकी हुन्। मीरालाई साहसी महिला खेलाडीको रूपमा छनोट गरेकोमा उनका गुरु तथा पथप्रदर्शक करातेका बरिष्ट गुरु ध्रुवविक्रम मल्लले खुसी व्यक्त गरे। 

ध्रुवले नै मीरालाई माओवादीको क्यान्टोनमेन्टबाट झिकेर खेलाडी बनाएका थिए। 
 

प्रकाशित मिति: : 2020-01-23 10:56:27

प्रतिकृया दिनुहोस्