बमसहित विप्लवका कार्यकर्ता पक्राउ

बिएल संवाददाता

सङ्खुवासभा

सङ्खुवासभाको सभापोखरीबाट बमसहित प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह एक जनालाई पक्राउ गरेको छ। प्रहरीले उनलाई सभापोखरी गाउ“पालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मङ्गलबार पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो।

सोमबहादुरको साथबाट प्रहरीले  रेडबुलको बट्टा र प्रेसर कुकर बम फेला पारेको थियो। यस्तै एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेपनि जानकारी दिइएको छ।
 
सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-23 10:25:56

प्रतिकृया दिनुहोस्