ए डिभिजन लिग: मछिन्द्रसँग पुलिस पराजित, शीर्ष स्थानको आर्मीसँग अंक बराबरी

बिएल संवाददाता

काठमाडाै‌ं

मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोल अन्तरले हराएको हो।

मछिन्द्रको जितमा रञ्‍जित धिमालले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्‍जितले गोल गरेका थिए।

खेलको ५२ औं मिनेटमा रञ्‍जितले फ्रिकिकबाट उत्कृष्ट गोल गरे।

जितसँगै  मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ। र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ। तर गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ।

पुलिसले ८ खेलमा ११ अंक जोडको छ। लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-01-23 06:11:02

प्रतिकृया दिनुहोस्