हत्याको आरोपिलाई सभामुख बनाउन लागेको भन्दै काठमाडौंमा प्रदर्शन

हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।  हत्याको आरोप लागेका व्यक्तिलाई सभामुख बनाउने निर्णय गलत भएको भन्दै नागरिक समाजले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। 

विरोध प्रदर्शनमा सहभागी भएकाले पीडितलाई थप अपहेलित र अपमानित नगर,  मानवअधिकार र कानूनी शासनको स्म्मान गर लेखिएको प्लेकार्ड बोकेका थिए।

नेकपाले दुई दिन अघि नेकपा नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। र, उनले मंगलबार मनोनयन दर्ता समेत गरिसकेका छन्।

सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुनबहादुर लामाको हत्यामा संलग्न भएको आरोप छ।

प्रकाशित मिति: : 2020-01-23 05:36:49

प्रतिकृया दिनुहोस्