विप्लव समुहका कार्यकर्ता पक्राउ

सिन्धुपाल्चोक सेक्रेटरी

फाइल तस्बिर

नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङ रहेका छन्।

व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा उनलाई प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको हो।

मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

अनुसन्धानका क्रममा उनी विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको हो। पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरी कारवाही हुने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-23 02:49:28

प्रतिकृया दिनुहोस्