लागुऔषध तथा विभिन्न मुद्धामा सजाय मुक्तानगरी केही समय अघिमात्र जेलमुक्त भएका सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ का समुन श्रेष्ठ (ज्यापू)ले विभिन्न ब्यापारीलाई धम्काएर जवरजस्ती चन्दा आतंक मच्चाउन थालेका छन्।
प्रहरीका अनुसार श्रेष्ठ पाकेटमार समूहका नाइके हुन्। उनलाई प्रहरीले पटक पटक कारवाही गरिसकेको छ।
उपत्यकामा चल्ने सवारी साधनमा समूहनै बनाएर श्रेष्ठले पाकेटमारी गर्दै आएको प्रहरीले यसअघिनै खुलाएको थियो। उनले सिन्धुपाल्चोकका युवाहरुलाई आफ्नो समूहमा समावेसगरी पाकेटमारी,चोरी र लुटपाट जस्ता कार्यमा संलग्न रहेको प्रहरीले अनुसन्धानबाट खुल्न अाएकाे छ।
श्रेष्ठले सिन्धुपाल्चोकका ठेकेदारहरु लगायत विभिन्न ब्याक्तिलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिंदै जबरजस्ती रकम उठाउने गरेको व्यवसायीहरुले गुनासो गरेका छन्।
पछिल्लो केही समय अघि लागुऔषध मुद्धामा जेल सजाय भुक्तान गरी निस्केका श्रेष्ठले सिन्धुपाल्चोकका केही ठेकेदारलाई धम्काएर रकम माग्ने गरेको स्रोतले जानकारी दियो।
नाम उल्लेख नगर्ने सर्तमा एक सिन्धुपाल्चोकका निर्माण व्यवसायीले भने,'उनले मागेको रकम दिन पर्ने रे, नदिए तेरो परिवारको के होला भन्ने हतियार देखाउने उसको त्रासले बाहिर निस्कन मुस्कील समेत भयो।' त्यसैगरी अर्का बौद्धका एक ब्यापारीले पनि श्रेष्ठले जबरजस्ती रकम माग गरेको उक्त रकम नदिए परिवारलाई सिध्याउने धम्की दिएको बताए।
स्रोतका अनुसार श्रेष्ठले पछिल्लो समयमा नक्कली सुन नक्कली र डलर देखाएर समेत विभिन्न ब्याक्तिलाई ठगी गर्ने गरेका छन्। सस्तोमा सुन र डलर भन्दै उनले विभिन्न ब्याक्तिलाई एकान्तमा बोलाउने अनि हतियार देखाएर रकम र सरसामान लुटपाट गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ।
परिवारलाई मार्ने धम्की दिएका कारण पिडितहरु प्रहरीमा उजुरी गर्ने डराउने गरेको एक ब्यापारीले बताए। हामीले प्रहरीलाई खबर गरेर के गर्नु, उ एक दिन छुटीहाल्छ, प्रहरीले सधै हाम्रो परिवारलाई सुरक्षा दिँदैन।