विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सचिव भक्तपुरमा पक्राउ

बिएल संवाददाता

सिन्धुपाल्चोक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव भक्तपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४४ वर्षीय भुवनसिंह तामाङ रहेका छन्। 

मेलम्ची नगरपालिका–९ का तामाङले स्थानीय व्यापारीलाई धम्की दिई चन्दा असुल्न खोजेको प्रहरीले जनाएको छ। उनलाई भक्तपुर ठिमी–४ बाट तामाङलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो।

सोमबार पक्राउ परेका उनलाई अभद्र व्यवहार कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-22 05:15:05

प्रतिकृया दिनुहोस्