धनुषाको अमरज्योति गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ

धनुषाको लक्ष्मिनयाँस्थित एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारी नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ। 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीस्थित मेन रोडमा सञ्चालनमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट ती जोडीलाई नियन्त्रणमा लिएको हो।

महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने उक्त लज एण्ड गेष्ट हाउसका सञ्चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले बताए।

उनीहरुविरुद्व मानव बेचबिखन था ओसापसरा (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने प्रहरी निरीक्षक नायकले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-01-22 02:49:33

प्रतिकृया दिनुहोस्