आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा

नवीन प्यासी

काठमाडौँ
नयाँ पत्रिका

नारायणगोपाल, भक्तराज आचार्य, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, यादव खरेल, अरुणा लामा, तारादेवीदेखि नयाँ सर्जकसम्मका सिर्जना अनधिकृत रूपमा रिङ ब्याक टोन र युट्युबलगायत डिजिटल प्लेटफर्ममा बेचेर करोडौँ लुट, न्यायका लागि सर्जकहरू संगठित

  •  प्रेमध्वज प्रधानले आफ्नै खर्चमा मुम्बईमा रेकर्ड गराएको ‘घुम्तीमा नआऊ है’ गीतमा म्युजिक नेपालको व्यापार 
  • अम्बर गुरुङका गीत उनकै छोरा– नातिले युट्युबमा अपलोड गर्दा म्युजिक नेपालको कपिराइट दाबीले डिलिट हुन्छ
  •  भक्तराज आचार्यका चार एल्बमको रेकर्डिङ रेडियो नेपालमा– कपिराइट म्युजिक नेपालमा, रोयल्टी वार्षिक आठ हजार
  •  ‘यस्तो पनि हुँदो रहेछ’जस्ता १५० गीत लगेको म्युजिक नेपालले यादव खरेललाई अहिलेसम्म जम्मा सात हजार दिएको छ

सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज प्रधान मुम्बईमा थिए । चर्चित संगीतकार मनोहर सिंहसँग संगत थियो । मनोहरले सुझाब दिए– गीति एल्बम निकाल्नुस् । रहर त थियो, तर उनीसँग पर्याप्त लगानी थिएन । दुःख गरेर पैसाको जुगाड गरे । मनोहरले नै म्युजिक एरेन्ज गरिदिए । यसरी १० गीतको एल्बम तयार भयो । २४ वटा कपी बोकेर प्रेमध्वज काठमाडौं आए । अनि रेडियोमा गुन्जिन थाल्यो– घुम्तीमा नआऊ है । गायक र संगीतकारका रूपमा प्रेमध्वजको चर्चा चुलियो । सँगै थियो अर्को गीत– मेरो मखमली घामको झुल्काझुल्का मायालु ।

प्रकाशित मिति: : 2020-01-20 01:12:10

प्रतिकृया दिनुहोस्