सोलुखुम्बुकाे तिङ्लामा तनाव, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

बिएल संवाददाता

सोलुखुम्बु

तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम तनाव सृजना भएको छ। मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन्।

स्थानीयबासीहरुले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुङ्गामुडा गरेका छन्। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो।

प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएको स्थानीयबासीले दावी गरेका छन्। यस्तै प्रदर्शनकारीले १३/१५ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन्।

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो। तर तिङ्लाबासीले त्यसको विरोध जनाएका छन्। 

प्रकाशित मिति: : 2020-01-19 07:32:22

प्रतिकृया दिनुहोस्