ए डिभिजन लिग: मनाङ र थ्री स्टार क्लब बराबरीमा रोकिए

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्।

दशरथ रंगशालामा शनिबार भएकाको दोस्रो खेलमा दुबै टोली २–२ को बराबरीमा रोकिएको हो।

१९औं मिनेटमा डेब्यु गरिरहेका भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। 

४९औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। अशोक खवासले पेनाल्टी बक्समा अन्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन आफैंले गोल गर्न सफल भएका थिए।

६७औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई खेलमा २–१ को अग्रता दिलाए।  

८४औं मिनेटमा लालरम्मावियाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। 

यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-19 06:04:07

प्रतिकृया दिनुहोस्