पार्टीभित्र एकता छैन् : केन्द्रीय सदस्य भण्डारी 

तल्लो स्थानको कार्यकर्तालाई मात्र दबाब दिनु उचित नरहेको उनको भनाइ छ। 

फाइल तस्बिर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहमा एकता नभएको बताएका छन्। शनिबार तनहुँमा भएको कार्यक्रममा बोल्दै उनले केन्द्रीय तहमा एकता नहुँदा जिल्लास्तरमा समेत उक्त समस्या देखापरेको बताए।

केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक रहेको बताउदैं उनले भने, 'सबै कार्यकर्ताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्छ।' तल्लो स्थानको कार्यकर्तालाई मात्र दबाब दिनु उचित नरहेको उनको भनाइ छ। 

'सधै तल्लो स्थानको कार्यकर्तालाई दबाब दिनु उचित हुदैन्' उनले भने। वर्तमान सरकारकासामु काँग्रेसको अवस्था कमजोर रहेको बताउदैं पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने उनले बताए।

एमसिसीका विषयमा पार्टीभित्रै मतभेद भन्दै उनले भने, 'यसबारे अझै पनि छलफल गर्न आवश्यक छ।' नेपाली काँग्रेस तनहुँले आयोजना गरेको सो कार्यक्रममा पार्टीका पूर्वसभापति धु्रव वाग्ले, सचिव विश्व बाँस्तोला, व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: : 2020-01-19 03:08:36

प्रतिकृया दिनुहोस्