समृद्ध नेपाल निर्माणका लागि भूमि व्यवस्थापन पहिलो सर्त : मन्त्री अर्याल

'देशको आर्थिक समृद्धि ल्याउन जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्नुपर्छ' उनले भनिन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि भूमि व्यवस्थापन पहिलो सर्त भएको बताएकी छिन्।

भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयले शनिबार धनगढीमा गरेको ‘आर्थिक वर्ष २०७५/७६ को वार्षीक प्रगति समीक्षा गोष्ठी’मा बोल्दै उनले जमीनको अधिकतम उपयोग गर्नुपर्ने बताइन्।

'देशको आर्थिक समृद्धि ल्याउन जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्नुपर्छ' उनले भनिन्।

भूमिको व्यवस्थापन गर्दै यससँग जोडिएका निम्नस्तरका जनतालाई सामाजिक न्याय प्रदान गर्नका लागि भूउपयोग ऐनको आठौँ संशोधन गरिएको स्पष्ट पार्दै उनले भनिन्, 'ऐनको संशोधनमार्फत भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान हुनेछ'

कर्मचारीले  जनताको पक्षधर भएर काम गर्नुपर्ने उनको भनाई छ। 'कर्मचारीले कुनै दलको पक्षधर नभएर राष्ट्रवादी र जनताको पक्षधर भएर काम गर्नुपर्छ' उनले भनिन्।

प्रकाशित मिति: : 2020-01-19 02:46:37

प्रतिकृया दिनुहोस्