पोखरामा मृत चितुवा फेला

बिएल संवाददाता

चिप्लेढुङ्गा
फाइल तस्बिर

पोखरामा शनिबार बिहान मृत अवस्थामा चितुवा फेला परेको छ। पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा फेला परेको हो।

मृत अवस्थामा भाले चितुवा देखे पश्च्यात स्थानीयवासीले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिए। चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने वन कार्यालयले जनाएको छ।

अहिले प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यलयमा लगेको सिग्देलले बताए।

प्रकाशित मिति: : 2020-01-19 01:48:49

प्रतिकृया दिनुहोस्