आजबाट मौसममा क्रमिक सुधार हुने

मौसममा क्रमिकरुपमा सुधार हुँदै

फाइल तस्बिर

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारबाट क्रमिक सुधार हुँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताए। 'भोलिबाट मौसम पूर्ण सुधार हुनेछ', उनले भने, 'तत्काललाई अब वर्षा हुने सम्भावना छैन।'

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ। सोमबार देशभर मौसम सामान्यतया सफा रहने बताइएको छ।

 

प्रकाशित मिति: : 2020-01-19 00:21:04

प्रतिकृया दिनुहोस्