जापानी परराष्ट्र मामिला मन्त्रालयका उपमन्त्री र राष्ट्रपति भण्डारीबीच भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्र राष्ट्र जापानका परराष्ट्र मामिला मन्त्रालयका उपमन्त्री नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2020-01-18 09:38:00

प्रतिकृया दिनुहोस्