विराटनगर महानगरपालिकामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान

राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ।

महानगरपालिका क्षेत्रमा विगतका वर्षहरुमा भएका हातीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान प्रभाकारी नभएपछि यसपटको सो अभियान नयाँढंगवाट संचालन गरिने भएको हो। विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखालेले विराटनगरमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा यसपटक नयाँ तरिकाले हात्तिपाइले औषधि सेवन गराइने जानकारी दिइएको छ। 

महानगर क्षेत्रमा २ लाख ४७ हाजार ४ सय जनालाई हातिपाइले औषधि खुवाउने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। विगतमा हातीपाईलेविरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी नहँुदा ६ चरणमा सक्नुपर्ने यो अभियान ९  पटक संचालन हुन लागेको हो। हातिपाइले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमावाट अहिलेसम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवन गर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गरे।

विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी बनाउन २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयं सेविका परिचालन गरिने भएको छ। महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हातिपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको छ। 

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हातीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंका नगर्न आग्रह गरे। उनले यो अभियानलाई सफल बनाउन राजनितिकदलका नेता,स्थानिय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने बताए। 

सन् २०२० सम्म हातीपाइले रोग नियन्त्रण गर्ने सरकारको लक्ष्य रहेको छ। अहिले पनि सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहँुदा समस्या हुने गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा गत वर्ष ५९ प्रतिशतिले मात्र हात्तिपाइले ओषधी सेवन गरेको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-01-17 17:40:53

प्रतिकृया दिनुहोस्