सत्य निरुपण आयोगलाई पूर्णता दिन सतारुढ दल र प्रतिपक्षका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

बिएल संवाददाता

काठमाडाै‌ं

सत्य निरुपण तथा वेपत्ता आयोगलाई पूर्णता दिन सतारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत छन्।

नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दुई आयोगलाई पुर्णता दिने विषयमा छलफल केन्द्रीत भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि नेताहरुबीच छलफल भएको उनले बताए।

दुवै आयोग गत वैशाखबाट पदाधिकारीविहीन छन्। सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएपनि नेताहरुवीच सहमति नवन्दा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ हुँदै आएको छ।
 

प्रकाशित मिति: : 2020-01-17 17:27:04

प्रतिकृया दिनुहोस्