धादिङमा दुई बच्चासहित दम्पत्ति त्रिशुली नदीमा हामफाले

धादिङमा दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन्।

बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए। विस्तृत अनुसन्धान जारी छ।
 

प्रकाशित मिति: : 2020-01-17 05:34:17

प्रतिकृया दिनुहोस्