बिएल संवाददाता
वीरगञ्जबाट सशस्त्र प्रहरीले अवैध भारतीय रुपैयाँ सहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ। भारतको पूर्वी चम्पारण थाना कोटवा ६ बस्ने राजेन्द्र प्रसाद मशरखको छोरा २९ बर्षिय सचिन भाष्कर पक्राउ गरेको हो।
उनको साथबाट ५ लाख १७ हजार ४ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। झोला भित्र भारु लुकाएर ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकबाट भाष्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
उनको साथबाट भारु ५ सय दरका १००४ थान, २ सय दरका ५३ र १ सय दरका ४८ थान फेला परेको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया