एकैपटक चम्ल्याहाको जन्म

बिएल संवाददाता

चिप्लेढुङ्गा
सांकेतिक तस्बिर

पोखराको मणिपाल हस्पिटलमा एक महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि २६ वर्षीय सुनिता पौडल प्रधानले बिहिबार बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्।

पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीका अनुसार हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले तिन छोरी र एक छोरालाई जन्म दिएकी हुन्।

उनले जन्माएका सन्तानमा पहिलो छोरी १।६ किलो तौल, दोस्रो छोरा १।३ किलो तौल, तेस्रो छोरी १।३ किलो तौल र चौथो छोरी १।४ किलो तौलका रहेको काजीले बताए। 

अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहनका साथै चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको डाक्टर पाण्डेले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-01-16 20:31:02

प्रतिकृया दिनुहोस्