सार्वजनिक बसमा युवतीमाथि अश्लिल हर्कत गर्ने युवा सार्वजनिक

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की) लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की) लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा रुचाल (सार्की) लाई महाशाखाको टोलीले पुस २८ गते सोमबार चितवनबाट पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार आरोपीले प्रहरीसामू कसुर गरेको स्वीकार गरेका छन्। प्रारम्भिक अनुसन्धानमा भिडियो बनाएर त्यसबाट पैसा कमाउने उद्देश्य राखेको देखिएको र रुचालले चलाउने फेसबुकका मेसेजहरु हेर्दा नेटवर्क नै बनाएर काम गरिरहेको जस्तो पनि देखिएकोले अनुसन्धान गरिरहेको प्रमुख थापाले जानकारी दिए।

रूचालले सो भिडियो २०७५ साल भदौ महिनामा खिचेर सामाजिक सञ्जालमा मंसिर महिनामा पोस्ट गरेका थिए भने उनी विरुद्ध २०७५ साल माघ ११ गते महाशाखामा जाहेरी परेको एसपी थापाले बताए। भिडियो सार्वजनिक भएपछि पक्राउ पर्ने डरले केही समय भारतमा गएर बसेको र पछि फर्किएर चितवनमा बसेको देखिएको एसएसपी थापाले बताए।

पक्राउ परेका रुचालमाथि साइबर अपराध अन्तर्गत थप अनुसन्धान गरेर कारवाही अगाडि बढाइने पनि एसएसपी थापाले जानकारी दिए।

गत वर्षको मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका रविनले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियो बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यस्तो हर्कत गरेको बयान दिएका छन् । रविनले ४ वटा इमेल आइडी र तीन इन्स्टाग्राम एकाउन्ट खोलेको समेत अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार रविनले नै सो भिडियो बनाएको र भिडियोमा रहेका व्यक्ति उनी नै रहेको निर्क्यौल गर्नका लागि हस्तमैथुन गर्दाकै अवस्था (रेज कन्स्ट्रक्सन) सँग दाँजेर पुष्टि गरिएको हो । उक्त अश्लिल भिडियो भाइरल भएपछि रविन भागेर भारत गएका थिए। सात महिनापछि चितवन फर्किएको प्रहरीको भनाइ छ ।

गत साल कात्तिकमा उनले हस्तमैथुन गरेर काठमाडौकै एक सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्यपतन गरेको भिडियो बनाएका थिए । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेको स्वीकारेका छन्।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

 

प्रकाशित मिति: : 2020-01-14 20:46:33

प्रतिकृया दिनुहोस्