नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ता
प्रदेश नं २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई उक्त रकम दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।
नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार महतोको हत्या भएको थियो।
महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए।
'अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्ने वातावरण बनेको छ', उनले भने।