बास्तोलाको दुर्घटनामा परेर घाइते भएको ३७ दिनपछि आइतबार बिहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका झापाको बिर्तामोड नगरपालिका–१ का ६० वर्षीय टीकराम बास्तोलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।
बास्तोलाको दुर्घटनामा परेर घाइते भएको ३७ दिनपछि आइतबार बिहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका– १ मा गत मंसिर १० गते दिउँसो भएको दुर्घटनामा परेर उनी घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीकाअनुसार बास्तोला ४५ वर्षीय तुलाराम सुवेदीले चलाएको मे ४ प ९२४१ मोटरसाइकलको पछाडि सवार थिए । घटना भएका बेला पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलका चालक तुलाराम सामान्य घाइते भए । उक्त मोटरसाइकलाई पूर्वतर्फ नै जाँदै गरेको अर्को प्रदेश ३–२–०१० प ४१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको डीएसपी गिरीको भनाइ छ ।
दुर्घटनापछि पक्राउ परेका ठक्कर दिने मोटरसाइकलका चालक पथरीशनिश्चरे–१ का २२ वर्षीय जोन राईलाई घाइतेको उपचार गर्ने सर्तमा प्रहरीले छाडिदिएको थियो । घाइते वृद्धको मृत्यु भएपछि प्रहरीले राईलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ ।