न्युयोर्क टाइम्सका अनुसार शनिबार दक्षिणी अमेरिकामा तीब्र हावाहुण्डरीका कारण १० जनाको निधन भइसकेको बताएको छ। एडभाइजरीमा ड्राइभिङ गर्ने मानिसलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
तीब्र बर्षा तथा हावाहुण्डरीका कारण अमेरिकाको शिकागोमा एक हजारभन्दा बढी उडान प्रभावित भएको छ। शनिबार बिहान हारे अन्तर्राष्ट्रिय विमानस्थलमा ९सय ५० र मिड्वे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० उडान रद्द गर्नु पर्यो। उत्तरी एलिनोइस र शिकागो क्षेत्रमा विहान जाँडो मौसमको एडभाइजरी नै जारी गर्नु पर्यो।
जारी एडभाइजरी अनुसार आइतबार दिउँसो ३ बजेसम्म मौसम बिग्रिने बताइएको छ। शनिबार शिकागो क्षेत्रमा बिहानै देखि पानी पर्न सुरु भएको थियो। यस्तै, क्यानडाका अधिकारीले पनि ग्रेटर टोरन्टो क्षेत्रमा बाढीको चेतावनी दिएका छन्। उनीहरूले शक्तिशाली हावाले उत्तरी अमेरिकामा खतरनाकस्थित निर्माण गर्न सक्ने बताएका छन्।
न्युयोर्क टाइम्सका अनुसार शनिबार दक्षिणी अमेरिकामा तीब्र हावाहुण्डरीका कारण १० जनाको निधन भइसकेको बताएको छ। एडभाइजरीमा ड्राइभिङ गर्ने मानिसलाई सावधानी अपनाउन आग्रह गरिएको छ। जर्जिया र टेनेसीमा पनि अहिले शक्तिशाली हावा चलिरहेको छ।
अधिकारीले मिसिसिपीमा बाढी आउने चेतावनी दिएका छन्। यस्तै, मिडवेस्टमा तीब्र हावाहुण्डरी चल्न सक्ने बताइएको छ।