वीरगञ्जमा पानीमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ।
अन्दाजी २८/३० वर्षीय युवकको शव वीरगञ्ज–१५ भिश्वामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले पुष्टि गरेका छन्। शवको पहिचान खुल्न सकेको छैन।
युवकको शरीरमा कुनै किसिमको चोटपटक र निल डाम नदेखिएको र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुने डीएसपी थापाको भनाइ छ। शव पोष्टमार्टका लागि नारायणी अस्पतालमा पठाइएको छ।