केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। हाल देशको तराई भूभाग तथा केहि पहाडी भूभाग मा कुहिरो/हुस्सु लागेको अवस्था छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।
मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ।
अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ। कुहिरो हटेपनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिए।
तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ। काठमाडौं उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २६ गते (शनिबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २७ गते (आईतबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।