इराकको ‘ग्रीन जोन’मा फेरि दुई रकेट आक्रमण

ट्रम्पले बुधबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै इराकमा आफ्ना कुनै सेनालाई मानवीय क्षति नभएको बताएका थिए।

इराकको राजधानी बगदादको ग्रीन जोनमा पुनः रकेट हमला भएको छ। सरकारी एजेन्सी र विदेशी दूतावास रहेको ग्रीन जोनमा भएको हमलामा मानवीय क्षति नभएको बताइएको छ। 

इराकी समाचार एजेन्सी स्पुतनिकले सुरक्षा एजेन्सीको एक श्रोतलाई उध्रृत गर्दै भनेको छ, बुधबार राती बगदादको ग्रीन जोनमा दुई वटा रकेटबाट हमला भएको थियो। 

इराकी सेनाले पनि बगदादको ग्रीन जोनभित्र कत्युशा नामक रकेट खसाइएको जानकारी दियो। 

यसअघि आफ्नो सैन्य कमाण्डरको हत्याको बदला लिन इरानले बुधबार बिहान इराकस्थित दुई अमेरिकी सैन्य क्षेत्रमा इरानले २२ वटा ब्यालेस्टिक मिसाइल खसाएको थियो। इरानले हमलामा ८० अमेरिकी सैनिक मारेको दावी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा सत्यता नभएको बताएका छन्। 

ट्रम्पले बुधबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै इराकमा आफ्ना कुनै सेनालाई मानवीय क्षति नभएको बताएका थिए। 

अमेरिकाले शुक्रबार बगदाद विमान स्थलमा ड्रोन हमलामा इरानी सेनाका कमाण्डर सुलेमानीको हत्या गरेको थियो। अमेरिकाले आफ्नो देशविरूद्ध आतंकवादी गतिविधि गरेको भन्दै सुलेमानीको हत्या गरेको बताएको छ। 
 

प्रकाशित मिति: : 2020-01-09 21:45:18

प्रतिकृया दिनुहोस्