एजेन्सी
बेलायती राजकुमार ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका छन्।
आर्थिकरुपमा स्वतन्त्र बन्न काम गर्ने भन्दै राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट छुट्टिने निर्णय गरेका हुन्।

राजकुमार ह्यारी र मेगनले एक बिज्ञप्ति जारी गर्दै दुवै जना अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने बताएका छन्।
राजकुमार ह्यारीको घोषणापछि ‘ड्युक एण्ड डचेज अफ् ससेक्स’ लाई लिएर बेलायती राजपरिवार समस्यामा परेको छ ।
राजकुमार ह्यारी र मेघनको घोषणापछि राजपरिवारका वरिष्ठ सदस्यहरु निकै दुःखित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो। बीबीसीले प्राप्त गरेको सूचनाअनुसार शाही जोडीले यो घोषणाभन्दा अघि शाही परिवारको कुनै अरु सदस्यले यस्तो फैसला गरेका थिएनन् र यो फैसलालाई लिएर शाही परिवार निराश छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया