अमेरिकाले हिन्द महासागरमा ६ वटा बी–५२ बमवर्षक विमान राख्ने

अमेरिकी न्युज एजेन्सी सीएनएनले एक अमेरिकी अधिकारीलाई उध्रृत गर्दै हिन्द महासागरमा बमबर्षक विमान तयारी अवस्थामा राख्ने अमेरिकी निर्णयको प्रतिरक्षा गरेका छन्।

इरानसँग बढ्दो तनावका बीच अमेरिकाले हिन्द महासागरमा ६ बी–५२ बमवर्षक विमान तयारी अवस्थामा राख्ने भएको छ। यो लडाकु विमान बेलायतको आदिपत्य रहेको डियागो गार्सियामा तयारी अवस्थामा रहने बताइएको छ। 

अमेरिकी न्युज एजेन्सी सीएनएनले एक अमेरिकी अधिकारीलाई उध्रृत गर्दै हिन्द महासागरमा बमबर्षक विमान तयारी अवस्थामा राख्ने अमेरिकी निर्णयको प्रतिरक्षा गरेका छन्। उनले यसको अर्थ इरानविरूद्ध आक्रमणका लागि आदेश दिएको रुपमा व्याख्या नगर्न बताएका छन्। 

हिन्द महासागरमा बमवर्षक विमान राख्नुको कारण सैन्य शक्ति र अमेरिकाको क्षमता प्रदर्शन गर्नु रहेको बुझिएको छ। 
 

प्रकाशित मिति: : 2020-01-08 21:38:06

प्रतिकृया दिनुहोस्