हट्लान् कि रहलान् अर्थमन्त्री खतिवडा ?

तस्बिर : नयाँ पत्रिका

अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्ला चलाएर सेयर बजारमा तीव्र चलखेल सुरु भएको छ, तर राष्ट्रिय सभा सदस्यमा खतिवडा पुनः नियुक्त हुने सम्भावना कायमै छ, सदस्य नरहे पनि आगामी २० भदौसम्म उनै अर्थमन्त्री हुन सक्नेछन् 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यमा डा. युवराज खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले बजार तरंगित भएको छ । खासगरी अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्ला चलाएर सेयर बजारमा तीव्र चलखेल सुरु भएको छ । तर, राष्ट्रिय सभा सदस्यमा खतिवडा जुन प्रक्रियाबाट नियुक्त भएका हुन्, सोही प्रक्रियाबाट पुनः आउन सक्ने सम्भावना कायमै छ । 

प्रकाशित मिति: : 2020-01-08 03:19:32

प्रतिकृया दिनुहोस्