अमेरिकी राष्ट्रपतिको टाउकोको मूल्य ९ अर्ब!

केही समय टेलिभिजनमा प्रसारण गरिएको यो समाचारलाई पछि सरकारले बन्द गर्न लगाएको थियो।

विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको टाउकोको मूल्य इरानमा ८ करोड अमेरिकी डलर अर्थात ९ अर्ब १९ करोड ३७ लाख २० हजार नेपाली रुपैयाँ तोकिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य ८ करोड अमेरिकी डलर तोकिएको इरानस्थित टेलिभिजन च्यानलबाट पनि सार्वजनिक गरिएको थियो। अल अरेबिया च्यानलका अनुसार आइतबार इरानी शहर मशहदमा च्यानल–वानबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। जर्नेल कासिम सोलेमानीको अन्तिम संस्कारको जुलुसमा एक प्रसंसकले अन्तिम संस्कारको बेला पुरस्कार राशीको घोषणा गरेका हुन्। उनले भीडमा प्रत्येक इरानीले एक डलर उठाउने हो भने ८ करोड डलर जम्मा हुने बताए।  

सोलेमानीको अन्तिम संस्कारमा जम्मा भएका भीडलाई उनले कसैले पनि पहेँलो कपाल भएको व्यक्तिको टाउको ल्याउँछ भने त्यसलाई महान इरानी राष्ट्रको तर्फबाट ८ करोड अमेरिकी डलर दिने बचनबद्धता प्रकट गरे। ‘यदी तपाईहरू सहमत हुनुहुन्छ भने जप गर्नुहोस्। यो सुनेर भीडले खुसी मनाएको थियो’, इरानी च्यानलमा देखाइएको थियो। 

केही समय टेलिभिजनमा प्रसारण गरिएको यो समाचारलाई पछि सरकारले बन्द गर्न लगाएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-07 11:36:31

प्रतिकृया दिनुहोस्