सुलेमानीको अन्तिम संस्कारमा खुमेनीले आँशु थाम्न सकेनन् 

अन्तिम संस्कारमा खुमेनीले नमाज पढेका थिए। खुमेनीको आँशुसँगै लाखौं इरानीले अमेरिका मुर्दाबादको नारा लगाएका थिए। 

इरानका सर्वोच्च नेता आयतुल्ला अली खुमेनी आफ्नो सैन्य कमान्डर जर्नेल कासिम सुलेमानीको अन्तिम संस्कार गर्दा रुन पुगे। राजधानी तेहरानमा भब्यताका साथ उनको अन्तिम संस्कार गरियो।

अमेरिकाको ड्रोन आक्रमणमा शुक्रबार इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनको हत्या भएको थियो। उनको अन्तिम संस्कारमा तेहरानको सडकमा लाखौंको संख्यामा नागरिक बाहिर निस्किएका थिए। 

अन्तिम संस्कारमा खुमेनीले नमाज पढेका थिए। खुमेनीको आँशुसँगै लाखौं इरानीले अमेरिका मुर्दाबादको नारा लगाएका थिए। 

सुलेमानी इरानमा खुमेनीपछि सबैभन्दा लोकप्रिय व्यक्ति थिए। उनलाई खुमेनीको खास पनि भनिन्थ्यो। ६२ वर्षीय सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीचको सम्बन्ध सबैभन्दा कमजोर अवस्थामा छ। इरानले आफ्नो जर्नेलको हत्याको बदला लिने संकल्प प्रस्ताव पास गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकालाई क्षति पुर्याए इरानको ५२ स्थानमा एकै पल्ट हमला गर्ने बताएका छन्। 

इरानबाट प्रकाशित हुने समाचार एजेन्सी इसनाका अनुसार सोमबार सडकमा यति ठूलो भीड देखियो, जसका कारण भूमिगत मेट्रो स्टेशनबाट मानिसहरू बाहिर निस्किन सकेनन्। भीडले साउदी अरबका राज परिवारविरूद्ध ‘अल–सउद मुर्दाबाद’ को नारा लगाएका थिए।
 

प्रकाशित मिति: : 2020-01-07 10:25:57

प्रतिकृया दिनुहोस्