इँटा उद्योगको पानी पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

महोत्तरीमा इँटा उद्योगमा रहेको पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको ज्यान गएको छ।

औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर रौतहट चन्द्रपुर नगरपालिका २ मा रहेको जुडिबेलाको माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवरको ज्यान गएको हो।

साँझको समयमा खेल्ने क्रममा पानीमा डुबेका ती बालकको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

बालकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ। विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए।

प्रकाशित मिति: : 2020-01-07 06:55:56

प्रतिकृया दिनुहोस्