धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए। बजारमा कारोवार मापक नेप्से परिसूचक तुलनात्मकरूपमा अस्थिर रहेको बेला साताभर रु दुई अर्ब ३९ करोड ९२ लाख ७३ हजार ६५ बराबरको कारोवार भयो।
साताको पहिलो दिन आइतबार कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लाग्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुग्यो।
कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरीद बिक्री भए। सोमबार नेप्से परिसूचक साढे पाँच अङ्कले बढ्यो। कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरीद–बिक्री भए।
सोमबार साढे पाँच अङ्कले बढेको नेप्से मङ्गलबार भने झिनो अङ्कले घट्यो। सो दिन नेप्से परिसूचक १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुग्यो। कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरीद–बिक्री भए।
बुधबार कूल १७६ कम्पनीका ११ लाख ७५ हजार ३१३ कित्ता शेयर रु ३७ करोड ९९ लाख ८८ हजार ३०१ मूल्यमा खरीद बिक्री भए। साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो।
नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुग्यो। परिसूचक घटे पनि कारोवार रकम भने ५० करोड नाघेको छ। स्टकका अनुसार त्यस दिन १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरीद बिक्री भए।
साताभर विभिन्न दुई कम्पनीको शेयर स्टकमा सूचीकृत भए। त्यसमा हिमालयन बैंकको ऋणपत्र २५ लाख ६९ हजार १०४ सूचीकृत भयो। यस्तै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख चार हजार कित्ता शेयर सूचीकृत भएको छ।
बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक र कृषि विकास बैंक क्रमशः शीर्षस्थानमा रहे।