नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्गको भौतिक प्रगति १५ दशमलव ८६ प्रतिशत सम्पन्न भएको जनाएको छ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समुन्वय समितिमा भएको छलफलमा सेनाले यो आर्थिक वर्षमा भौतिक प्रगति १५ दशमलव ८ प्रतिशत र वित्तिय प्रगति १ दशमलव २० प्रतिशत रहेको जनाएको हो। आयोजना उपप्रमुख विकास पोखरेलले रनिङ बिलहरु फिल्डमा पठाउन बाँकी रहेको र एक महिनाभित्रै सबै भुक्तानी हुने बताए।
द्रुतमार्ग अन्तर्गत खोकनामा ३ रोपनी ४ आना जग्गाको मुआब्जा वितरण भइसकेको छ भने बुङ्मतीमा बुङमतीमा ८ रोपी ४ आना अधिग्रहण गरी मुआब्जा वितरण गरीएको छ । नयाँ जग्गाका लागि नयाँ जग्गाका लागि ३० दिनको सूचना जारी गरिएको सेनाले जनाएको छ।