ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर सहुलियत अफरसहितका सर्जरी प्याकेज अघि सारेको छ।
प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ। पहिलो किसिमको प्याकेजलाई इन्टरमिडिएट सर्जरी भनिएको छ। यसमा ३२ हजारमा शल्यकृया गराउन सकिने छ।
दोस्रो किसिमको प्याकेज अन्तर्गत मेजर अप्रेशन राखेको छ। यसमा रू ३६ हजार रुपैंयामा अप्रेशन गराउन सकिने बताइएको छ ।
प्याकेजमा ल्यापरोस्कोपिक बिधिबाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पथ्थरी, एपेन्डिक्सलगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ।
यसको साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश छन्।
सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए।
क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नुपर्ने उनको भनाई छ ।
प्याकेज अफर आगामी पुस १९ गते देखि पुस २९ गतेसम्म लागू हुने अस्पतालले जनाएको छ।