थापागाउँमा पार्किङ गरि राखेकाे भ्यानमा आगजनी

काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँस्थित पार्किङ गरिरहेको भ्यानमा आगजनी भएको छ।

शुक्रबार बिहान तीन बजे रामबहादुर ठकुरीको बा ८ च ९६४४ नम्बरको भ्यानमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी भएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको थियो। भ्यानको अगाडिका सिट र अन्य केही भागमा जलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए।

भ्यानमा आगो लगाइएको हो कि लागेको हो भन्नेबारे थप अनुन्धान भइरहेको डिएसपी रेग्मीले बताए।

प्रकाशित मिति: : 2020-01-04 01:53:29

प्रतिकृया दिनुहोस्