गुजराजमा तीन वर्षीय बालिकामाथि कुकर्म गर्ने दोषीलाई फाँसीको सजाय

अनिलले १४ अक्टुबरमा तीन वर्षीय बालिकालाई पहिले अपहरण गरेका थिए। यसपछि बलात्कार गर्न खोज्दा नाबालिकाले अस्विकार गरेकी थिइन।

भारतको गुजरात राज्यस्थित सुरतमा तीन वर्षीय नाबालिकाको बलात्कार प्रयासमा हत्या गर्ने दोषीमाथि फाँसीको सजाय भएको छ। 

गुजरात उच्च अदालतले गत वर्ष अक्टुबरमा गुजरात राज्यको लिंबायत क्षेत्रमा एक नाबालिकामाथि भएको घटनाका दोषीलाई फाँसीको सजाय सुनाएको हो। 

प्रहरीले घटनामा बिहार राज्यका अनिल यादवलाई पक्राउ गरेको थियो। दोषीमाथि ‘पाँक्सो एक्ट’ अन्तर्गत मुद्धा दर्ता गरिएको थियो।

अनिलले १४ अक्टुबरमा तीन वर्षीय बालिकालाई पहिले अपहरण गरेका थिए। यसपछि बलात्कार गर्न खोज्दा नाबालिकाले अस्विकार गरेकी थिइन। यो घटनामा बालिकाको टाउकोमा लाठीले हिर्काउँदा ‘ब्रेन हेमरेज’ भएको थियो। अभियुक्तले घाइते बालिकाको घाँटी पनि दबाएका थिए। 

यो घटनाको विरोधमा गुजरातको धेरै शहरमा विरोध प्रदर्शन भएको थियो। तेस्रो लिंगीहरूले पनि बालिकाको निधनको विरोधमा नवरात्री उत्सव मनाएका थिएनन्। 

गुजरातको स्थानीय संसदले गत वर्ष बालिकामाथि हुने यौन अपराधमा कडा सजाय सुनाउने प्रावधानलाई मन्जुरी दिएको थियो। संसदबाट पास भएको नयाँ कानुनमा १२ वर्ष मुनिका बालिकामाथि यौनजन्य क्रियाकलाप गर्ने व्यक्तिलाई फाँसी दिन सकिने प्रावधान छ। 

प्रकाशित मिति: : 2019-12-28 03:21:23

प्रतिकृया दिनुहोस्