बैंकिङ क्षेत्रमा हड्तालजन्य कार्य नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले बैंकिङ क्षेत्रका कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।  

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा सर्वोच्चमा परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार उक्त आदेश दिएको हो।

आदेशमा भनिएको छ, 'बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नु नगराउनु।'

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा सङ्लग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ।

प्रकाशित मिति: : 2019-12-27 04:21:07

प्रतिकृया दिनुहोस्