धनुषाको मिथिला नगरपालिका–३, बडहरीमा जेठाजुले खुकुरी प्रहार गरेर भाइ–बुहारीको हत्या गरेका छन्।
वैदेशिक रोजगारीमा रहेका भाइ मिश्रि पञ्जियारकी श्रीमती २८ वर्षीया रानीदेवी पञ्जियारलाई जेठाजु श्रीप्रसाद पञ्जियारले बुधबार खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधामको प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले बताएको छ।
घरेलु विवादका कारण श्रीप्रसादले रानीको टाउको पछाडि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
घटनापछि फरार भएका पञ्जियारको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।