बुधबार, १७ डिसेम्बर २०२५

जुम्लाकाे गुठीचाैरमा अपरिचित व्यक्तिकाे शव फेला

News Image
• • •

जुम्लाको गुठिचौर गाउँपालिका–३  दामदासेमा अपरिचित व्यक्तिको शव फेला परेको छ। 

स्थानीय महिलाहरु दाउरा संकलन गर्न जंगल जाने क्रममा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेको डिएसपी लाल बहादुर धामीले बताए। 

स्थानीय लक्ष्मी बुढाले प्रहरीलाई फोनमार्फत खबर गरेपछि त्यहाँ गएर शव ल्याइएको उनले जानकारी दिए।

शव अन्दाजी २५ देखि ३० वर्षको देखिने ५ फिट ७ ईन्च उचाई भएको र तराई मुलको हुलिया देखिएको समेत उनले बताए।

शव पोष्टमार्टमका लागि कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। शव पहिचानका लागि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!