पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरवारीमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ भने एक बालक गम्भिर घाईते भएका छन।
मृत्यु हुनेमा स्थानीय ६७ वर्षिय प्रभु महतो रहेका छन्l ना ४६ प ५३३० नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएका महतोको पोखरिया अस्पतालको प्राथमिक उपचार पश्चात नारायणी अस्पतालमा उपचारकै क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटर साईकल चालक पोखरीया नगरपालिका वडा नम्बर १० शिववर्वा निवासी ४० बर्षिय सुरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त दुर्घटनामा मोटर साईकलको पछाडी बस्ने १४ वर्षिय रोहित पटेल घाईते भएको र उनको न्युरो अस्पताल बीरगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ।