इक्वेडरमा भडकिएको हिंसा र सरकार विरोधी प्रदर्शनका विषयमा इक्वेडरका राष्ट्रपति र आदिवासी नेताबीच आइतबार पहिलो भेटवार्ता हुने भएको छ । राष्ट्रपति लेनिन मोरेनोले हिंसात्मक भिडन्त व्यापक बन्दै गएपछि राजधानीमा कफ्र्यु लगाउनुका साथै सेना परिचालनको आदेश दिएका छन् ।
स्थानीय सुरक्षा अधिकारीहरुका अनुसार विरोध प्रदर्शनका क्रममा छ जनाको मृत्यु भएको छ भने झण्डै दुई हजार मानिसलाई गिरफ्तार गरिएको छ । प्रदर्शनकारीले शनिबार एउटा टेलिभिजन स्टेशन र अखबारको कार्यालयमा आक्रमण गर्नुका साथै महालेखा परीक्षकको कार्यालयमा आगजनी गरेका थिए ।
राष्ट्रसंघ र क्याथोलिक चर्चले संयुक्त वक्तव्य जारी गरी क्वीटोमा आइतबार सरकारसँग वार्ता हुन लागेको जनाएका छन् ।
राष्ट्रपति मोरेनोले इन्धनमा दिइआएको अनुदान कटौती गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शन शुरु भएको थियो । इक्वेडरले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट करिब ४ अर्ब २० करोड अमेरिकी डलर ऋण प्राप्त गर्न सम्झौता गरेसँगै तेलमा दिइएको अनुदान कटौती गरेको थियो ।
सरकारले इन्धनमा दिइरहेको अनुदान कटौती गरेसँगै इन्धनको मूल्य दोब्बर वृद्धि भएको छ ।
इक्वेडरका आदिवासी समूहहरुको जनसंख्या करिब १ करोड ७३ लाख छ । अमेजन र एन्डिसका अवसरविहीन समुदायका हजारौं मानिस क्विटोमा विरोध प्रदर्शनका लागि भेला भएका छन् । उनीहरुले इन्धनमा दिइरहेको अनुदान पुनः उपलब्ध गराउन माग गरेका छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया